काठमाडौँ । युरोपियन क्लब फुटबल प्रतियोगिता युरोपा लिगको फाइनल पुग्ने दुवै टोलीको टुङ्गो लागेको छ । बिहीबार राति भएको सेमिफाइनलका खेलबाट इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब भिल्लारियल फाइनल पुगेका हुन् ।
सेमिफाइनलअन्तर्गत इटालियन क्लब रोमासँगको दोस्रो लेगको खेलमा ३–२ गोलान्तरले पराजित भएपनि समाग्रमा ५–८ को नतिजासहित युनाइटेड अन्तिम दुईमा प्रवेश गरेको हो ।
यस्तै गए राति नै भएको सेमिफाइनलको दोस्रो लेगमा इङ्ग्लिस क्लब आर्सनलसँग गोलरहित बराबरीमा रोकिए पनि समग्रमा १–२ को जितसहित भिल्लारियल फाइनलमा पुगेको हो ।
अब भिल्लारियल र युनाइटेडले उपाधिका लागि खेल्नेछन् । उपाधि भिडन्त पोल्यान्डमा २६ मेमा हुनेछ ।