विश्वव्यापी रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड -१९ नँया भेरियन्ट सहितको दोस्रो लहरको संक्रमण तथा रोगका कारण मृत्यु हने संख्या दिनानुदिन तिब्ररुपमा बढिरहेको बेला विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
तीव्र संक्रमणको साङ्लो तोड्नको लागि बिहीबार बिहान १० बजेसम्म ५९ जिल्लामा निषेधाज्ञा जारी गरिसकेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको सूचनामा अध्यावधिक नभएको जुम्ला जिल्लामा पनि निषेधाज्ञा जारी भैसकेको छ । यसरी हेर्दा निषेधाज्ञा जारी भएका जिल्लाको सङ्ख्या ६० पुग्छ ।
मन्त्रालयले बिहीबार बिहान १० बजेसम्मको अध्यावधिक विवरण भन्दै जारी गरेको सूचीमा बाग्लुङ, दार्चुला, मोरङ, काभ्रेपलाञ्चोक, पर्वत, मकवानपुर, कालिकोट, स्याङ्जा, रामेछाप, ताप्लेजुङ, म्याग्दी, तनहुँ, इलाम, सिन्धुपाल्चोक र धनकुटा गरी १५ जिल्लामा आंशिक र ४५ जिल्लामा पूर्णरुपमा लकडाउन गरिएको छ ।
काठमाडौं उपत्यकामा तीन जिल्लामा बैशाख २९ गते राति १२ सम्म लकडाउनको अवधी बढाइएको छ । कास्की पर्सा कञ्चनपुर र सुनसरीले लकडाउनको अवधि बढाएर वैशाख ३१ गते मध्यरातसम्म पुर्याएका छन् भने कैलाली जिल्लामा ३० गतेसम्म थप गरिएको छ ।
यस्तै गरी झापा जिल्लामा यसअघि लगाइएको लगाइएको जोर विजोर प्रणाली हटाउँदै अत्यावश्यक बाहेकका सवारी साधनहरुको सञ्चालनमा रोक लगाएको छ ।
गृह मन्त्रालयको सूची
[wpna hide=’wp’]माथि निषधाको सूची हेर्न समस्या भएमा यहाँबाट उक्त सूची डाउनलोड गरेर हेर्न गर्न सकिन्छ । [/wpna]