कोरोना विशेष अस्पतालमा बेड नपाएपछि लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा उपचार भैरहेका रुपन्देहीका तीनजना महिला र एक पुरुष गरि ४ जना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो ८ घण्टाको अवधीमा चारजना संक्रमितको मृत्यु भएको हो ।कोरोना विशेष अस्पतालमा बेड नपाएपछि उनीहरुलाई फिबर क्लिनिकमै भर्ना गरि उपचार भैरहेको थियो ।
बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुषमा वैशाख १५ गते कोरोना पोजेटिभ पुष्टि भइ सोही दिन अस्पताल भर्ना भएकामा मंगलबार राति १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
यस्तै कन्चन गाउँपालिका–४का २७ वर्षीया महिलामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको र सोही दिन अस्पताल भर्ना भएकोमा बुधबार बिहान पौने ६ बजे मृत्यु भएको हो ।
यस्तै बुटवल ९ का ५४ वर्षीया महिलामा वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भइ सोही दिन अस्पताल भर्ना भएकोमा बुधबार बिहान ६बजेर .२२ मिनेट जादा मृत्यु भएको हो ।