विश्वव्यापी रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड -१९ नँया भेरियन्ट सहितको दोस्रो लहरको संक्रमण तथा रोगका कारण मृत्यु हने संख्या दिनानुदिन तिब्ररुपमा बढिरहेको बेला हिमाली जिल्ला जुम्ला पनि निषेधाज्ञा जारी गरिएको छ ।
जुम्ला जिल्ला केही दिन देखि कोरोना भाईरसको संक्रमणको परीक्षण गर्ने क्रममा संक्रमितको दर ९० प्रतिशत भन्दा बढी पुष्टी भई समुदायस्तरमा व्यापक फैलिन गएको पाईएकोले तत्काल तीव्र संक्रमणको साङ्लो तोडन वैशाख २२ गते राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा बताए ।
निषेधाज्ञाको अवधिभर अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।
त्यस्तै खाद्यान्न लगायत अत्यावश्यक सेवा तथा व्यवसायहरू दिनमा १ पटक बिहान ६ बजे देखि ९ बजेसम्म सुरक्षाका मापदण्ड पालना गरि खुला गर्न पाइनेछ भने त्यसबाहेकका अन्य पसल, व्यवसाय, सेवाहरू पूर्णरूपमा बन्द गरिनेछ ।
यस्तो छ सूचना