बिर्तामोड । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। शर्मा काठमाडौंस्थित डेरामै आइसोलेसनमा रहेको सामाजिक सञ्जालमा उनले उल्लेख गरेका छन्।
टेकु अस्पतालका संक्रामक रोग विशेषज्ञ डा। अनुप बाँस्तोलाको सुझावमा औषधि सेवन शुरु गरेको उनले जानकारी दिएका छन्।
शर्माले लेखेका छन्, ‘लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ । सबैलाई विनम्र आग्रह छ – सजग बनौं !’