पुरुष भगवानको एउटा सुन्दर निर्माण हो जुन सानो उमेर देखी नै त्याग र बलिदान दिँदै आएको हुन्छ।
बाल्यकालमा उसले आफ्नो चकलेट नखाएर आफ्नो सानो बैनीलाई दिएर बलिदानको सुरुवात गर्छ।
उसले आफ्नो आमाबुबाको अनुहारमा खुसी ल्याउनको लागी आफ्नो सपनाहरूको बलिदान दिन्छ।
उसले आफूले केही नखाई नलगाई धेरै दिन जम्मा गरी बचाई राखेको पकेट खर्च आफ्नो प्रेमीकाको उपहार (gifts) को लागी खर्च गरिदिन्छ मात्र उसको अनुहारमा खुसी देख्नको लागी
उसले कहिले केही नबोली अबेर रातसम्म काम गर्छ मेहनत मजदुरी गर्छ आफ्नो पत्नी र छोराछोरीको भविष्य लागी आफ्नो सारा जवानीको बलिदान दिन्छ।
उनीहरूले आफ्नो, परिवार अनि छोराछोरीको आवश्यकता भविष्यको लागी बैकबाट ऋण लिन्छ अनि जिन्दगीभर मेहनत मजदुरी गरी तिर्दै जान्छ।
उसको जीवनमा धेरै सङ्घर्ष हुन्छ तै पनि उनीहरू आफ्नो आमा, बुढी अनि मालिक (boss) को हातबाट गाली खान कहिले छुटेको हुदैनन।
उनीहरूको जिन्दगी अरूको खुसीको लागि आफ्नो खुसीको बलिदान दिँदै अन्त्य हुन्छ।
अहिलेको जमानामा पुरुष हुनु नै दुःखको कुरा छ।
यदि उ बाहिर गए, उ आवारा हुन्छ।
यदि उ घर मै बसे, उ नालायक हुन्छ।
यदि आफ्नो छोराछोरीलाई कराए, उ निर्दयी हुन्छ।
यदि उ नकराए, उ लापरबाही हुन्छ।
यदि उ पत्नीलाई काम गर्न रोके, उ एउटा पुरानो सोच अनि शङ्कालु मान्छे हुन्छ।
यदि उ पत्नीको काम गर्न नरोके, उ पत्नीको कमाईमा बाचेको नामर्द हुन्छ।
यदि उ आमाको कुरा सुने, उ आमाको पल्लुमा बाँधिए हुन्छ।
यदि उ बुढीको कुरा सुने, उ जोइटिङ्रे हुन्छ।