धनगढी । डोटीमा एक महिलाको शव फेला परेको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका ७ र पुर्वीचौकी गाउँपालिका १ को सिमा क्षेत्रमा मंगलबार राती कुहिएको अवस्थामा शव फेला परेको हो ।सिमाक्षेत्रको सडकभन्दा करिब एक किलोमीटर तल उक्त शव भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।
सो क्षेत्रमा महिलाको शव छ भन्ने प्रहरीले हल्ला सुनेपछि मंगलबार बेलुकी ६ बजेतिर टोली परिचालन गर्दा राती करिब ८ः३० बजेतिर शव भेटिएको मल्लले बताए ।प्रहरी नायब उपरीक्षक मल्लले अन्दाजी ३५÷४० वर्षको देखिने महिलाको उक्त शव पहिचान हुन नसकेको बताए ।
घटनास्थल नजिक पुरुषले लगाउने खालको एउटा चस्मा फेला परेको र एउटा झोलाभित्र महिलाको ओढ्ने सल पनि भेटिएको प्रहरीले जनाएको छ ।