आज जन्मदिन मै वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलगायत सबै परिवारलाई काेराेनाभाइरस संक्रमण पुष्टि भएकाे छ ।
नेपाल प्रेससँग कुरा गर्दै अभिनेता श्रेष्ठले कोरोना पुष्टि भएपछि आफूहरु घरमै आइसोलेसनमा बसेको बताएका छन् । उनीसहित परिवारका अन्य सदस्यलाई कोरोना संक्रमण भएको हो ।
कोरोनाको लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको अभिनेता श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठको आज जन्मदिन पनि हो ।