काठमाडौँ उपत्यका आसपासमा भाेली आइतबारसम्म असिनापानि पर्न सक्ने सम्भावना रहेकाे महाशाखाका मौसमविद् वरूण पौडेलले जानकारी दिएका छन् । स्थानीय वायुको असरले शनिबार र आइतबार पर्न सक्ने अनुमान गरिएकाे छ ।
‘ प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे पनि दिउँसोबाट एक्कासि असिनापानी परेको थियाे । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो, प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा असिनापानी परेको थियाे ।