रामबिर उमेरले ६० बर्ष काटे । भएको एउटा छोरो नि मुङ्गलान पस्यो । घरमा रोगी श्रीमती , बुहारी र साना साना नाति नातिना छन । थेरै जग्गा जमिन भएपनि काम गर्ने मान्छे नहुँदा उनलाई सधै जसो यसैले पिरोल्ने गर्छ । गाउँ घरमा हिजो आज काम गर्ने मान्छे पाउन पनि मुस्किल , भएका युवा जति सबै बिदेश भासिए ।
बर्खा लाग्न आट्टे पछि त उनको छट्पटी झन बढेर आउँछ । एक दिन साँझको समय खाटमा पल्टेर उनी रेडियो सुन्दै थिए । समचार सुनेर उनले लामो श्वास फेरे। समचारले फुक्दै थियो – ” संसदहरुको तानातान र किनबेच तिब्र। यहि बर्खामा नयाँ सरकार बन्ने पक्का ।”
रामबिरलाई समचारले केही आशा जगायो । अगेनामा आगो फुक्दै गरेकी श्रीमतीलाई समचार सुनाउदै उनले भने ” बुढि यो बर्खामा खेती गर्न संसदलाई नै पो ल्याउनु पर्ला जस्तो छ । पैसा पाए पछि फड्को मारेर जता पनि जान तयार हुन्छन् रे !