मेष राशि (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):
मेष राशि हुनेहरुलाई २०७८ साल ग्रहगोचरिय दृष्टिले सुखद फल प्राप्त हुनेछ। अन्य ग्रहको अनुकुलता शुभाशुभ ढंगले मिश्रित फल प्राप्त हुने योग छ ।
विचार पुर्याएर बोल्दा राम्रो हुनेछ। दैवी दुर्घटनाको मात्रामा घटबढि भइरहन्छ ।
नोकरीमा भएको खटपटले आत्मा सम्मान घटाउन सक्ने सम्भावना बढी नै रहेको छ ।
राजनीतिमा आफ्नो महत्वले खासै सम्मान नपाउला। भाग्य शक्ति मजबुत रहनाले मनमा सोचेको काम बन्ला।
बौद्धिकताको वृद्धिले पठनपाठन लगायतका परीक्षा प्रतियोगिताहरु सफल होलान्। आमाबाबु र दाजुभाई दिदीबहिनीबाट सुख पाइएला।
इष्टमित्रको सामिप्यता पनि नघटला। कृषि जन्य कार्य,पशु पन्छीपालन र जग्गा जमिन सम्बन्धि कार्यले आर्थिक सन्तुलन मजबुत बन्ला। बैदेशिक रोजगारले आय स्रोतमा टेवा पुर्याउने छ ।
सन्तानबाट प्रयाप्त सुख मिल्नेछ । दाजु भाई दिदीबहिनीबाट सुभेच्छा मिन्ला। पाप कार्यबाट निराशा उत्पन्न गराउला। धर्म कार्यप्रति आस्था बढ्दै जाने हुनाले धार्मिक मान्यतालाई स्थापित गर्न मद्दत गर्नेछ ।
रोग ब्याधको प्रकोप नियन्त्रणमा स्वास्थ्य विज्ञानको प्रगति प्रदर्शनिय छ। पति पति बिचको सम्बन्ध राम्रो रहने छ। अनावश्यक खर्च नियन्त्रणमा आउला।