चेन सुपरमार्केट साथीमार्टले अबदेखि रोयल्टी नलिने भएको छ । नेपालभर शाखा सञ्जाल भएको साथीमार्टले यसअघि बजार बिस्तार गर्नको लागि लिँदै आएको २ प्रतिशत रोयल्टी नलिने घोषणा गरेको हो ।
कुनै पनि वस्तुको बिक्री तथा व्यापार वृद्धि गर्नमा केन्द्रित हुनुका लागि यसअघि लिइँदै आएको २ प्रतिशत रोयल्टी नलिने कम्पनीका सिइओ सागर पोखरेलले केटिएम दैनिकलाई बताए ।
मार्टले हाल सीमित अवधिको लागि फ्रेन्चाइज शुल्क समेत नलिने पोखरेलले बताए । यो सँगै बजार बिस्तार गर्न तथा स्टोरलाई सामान उपलब्ध गराउन ग्राहकलाई ३० प्रतिशत सम्म छुट दिन सहज हुने कम्पनीले जनाएको छ ।
नेपालमै पहिलो पटक ‘ओ टु ओ’ कर्मश (अनलाइन टु अफलाइन) स्टोर सञ्चालन गर्ने उद्देश्यले स्थापित साथीमार्टको हाल ७० वटा आउटलेटहरु सञ्चालनमा रहेका छन् भने करिब चार सय जनाले प्रत्यक्ष र ६ सय भन्दा बढीले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
कम्पनीले साथी प्रडक्शन मार्फत अचार, ड्राइफुड, चिया, कफि, दाल चामल, ध्यु गुन्द्धक जस्ता नेपाली अर्ग्यानिक वस्तुहरू तथा कस्मेटिक सामान, साबुन र सरफ लगायत २ सय भन्दा बढी उत्पादन गरी बिक्री गर्ने योजना समेत कम्पनीले बनाएको छ।
छिट्टै अनलाइन सपिङमार्फत मार्टले स्टोरबाट दिनभरि नै होम डेलिभरी सुविधा दिने तथा उपहार ल्याउने तयारी गरेको छ ।
फ्रेन्चाइज पार्टनर बन्नको लागि उपभोक्ताले साथीमार्टको अफिसियल वेबसाइट (saathimart.com) वा ९८८०१२३१२३ मार्फत आवेदन दिन सक्ने बताइएको छ।