नबिल बैंकले यूएस डलर नबिल आई कार्ड ल्याएको छ । अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै बैंकले डलर कार्ड ल्याएको हो ।
यस बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्डमार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको ईकमर्स साइटमार्फत अनलाइन शपिङ गरी विश्वभर (भारतबाहेक) भुक्तानी गर्न सक्नेछन ।
सो कार्ड लिनको लागि ग्राहकहरुको खातासँगै प्यान कार्ड पनि अनिवार्य हुनेछ । ग्राहकले एकै पटक वा पटक पटक गरि एक वर्षमा अमेरिकी डलर ५०० बराबरको परिवर्त्य विदेशी मुद्राको सटही गर्न सक्नेछन् ।
नबिल बैङ्कले ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत बैङ्कले सेवा दिँदै आएको छ ।