अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा लोकप्रिय रडाइ सेयरिङ प्लेटफर्म पठाओ ले उत्कृष्ट २५ जना महिला राइडरहरुलाई सम्मान गरेको छ।
पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले महिला राइडरहरुलाई मायाको चिनो र ज्याकेट प्रदान गरी सम्मान गरिएको बताइएको छ। कार्यक्रममा महिला राइडरहरुले अनुभव आदानप्रदान समेत गरेका थिए।
महिला सशक्तीकरणको महत्त्वपूर्ण माध्यम रोजगारी भएकोले पठाओ मा आबद्ध भएर महिला दिदीबहिनी सक्रिय भएको देख्दा खुसी लागेको हमालले बताइन्।
पठाओ नेपालमा हाल करिब एक हजार छ सय जना महिला राईडर आबद्ध छन्। जसमध्ये करिब तीन सय दैनिक सक्रिय रहेको र उनीहरुको औसत कमाई मासिक करिब तीस हजार रहेको हमालले बताइन्।