पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको पथरी जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक गम्भीर घाइते भएका छन् ।
शुक्रवार अपराह्न साढे ४ बजेदेखि दुर्घटना भएको बताइएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका युवकको घर झापाको गौरदह रहेको बताइए पनि उनको थप परिचय खुल्न सकेको छैन । दुर्घटनामा परेर उनको अनुहारमा गम्भीर चोट लागेको छ ।
सडकमा दुर्घटना भएको देखेपछि स्थानीय युवाहरूले ती युवकलाई पथरी अस्पतालमा भर्ना गरेका छन् । यसबारे थप जानकारी आउन बाँकी छ ।
नोट : दुर्घटनामा परेका युवाको अनुहार विक्षिप्त देखिएको हुनाले तस्बिर सम्पादन गरिएको छ ।