गायक भागिरथ चलाउने र गायिका सुनिता बुढा क्षत्रीको स्वर रहेको गीत युट्युवको ट्रेनिङमा समेत आउन सफल भएको छ । समाचार तयार गर्दासम्म गीत युट्युव ट्रेन्डिङ्ग १४ स्थानमा रहेको छ ।
सुनिल क्षेत्रीको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा भागिरथ चलाउने कै शब्द, संगीत छ ।
भिडियोमा आशिर प्रताप जंग र लोशिना लामिछानेको अभिनय देख्न सकिन्छ । भिडियो डान्सिङ शैलीमा तामझापका साथ तयार गरिएको छ ।
दीपक गिरीको छायाँकन, अमृत चापागाईले सम्पादन रहेको भिडियो जनता डिजिटल एण्ड फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।