मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।
कुनैपनि मानिसको सबै आत्मा बुझाउन सक्ने विद्या अहिलेसम्म निस्केको छैन ।
सत्यका लागि त्याग गर्न जसले सक्दैन उ कदापी वीर हुन सक्दैन ।
खराब चिजबाट पनि असल कुरा लिन सक्नु महानता हो ।
चुलीलाई ताक्नु, तिर्सना राख्नु र उचाइतिर लम्कनु नै पर्वतारोही हो ।
दर्शन भय हो कविता सत्य हो ।
घर चिन्न घर छाडौँ तर, घर नबिर्सौँ ।
जीवन एक चक्का हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ ।
मेरो दिलमा गहिरो घाउ छ, अब न त्यसको उपचार गर्ने कुनै डाक्टर छन् न मेरो कुनै भाउ छ ।
र यो पनि पढ्नुहोस्
मुकेश अम्बानीका सफलतासम्बन्धी भनाइहरू
१. मुकेश अम्बानी आफ्ना बाबु धिरुभाई अम्बानीलाई आफ्नो गूरु मान्छन् । पैसाको पछाडि कुद्दैमा कोही सफल व्यवसायी बन्न सक्दैन भन्ने मान्यता राख्थे । मुकेश यसैमा विश्वास गर्छन् ।
२. ठूलो व्यवसायि बन्नका लागि ठूलै सपना देख्नु आवश्यक छ । उनी पनि यस्तै गर्छन् । उनी ठूलो सपना मात्रै देख्दैनन् , त्यसलाई पुरा नगरेसम्म आरामले निदाउन समेत सक्दैनन् ।
३. जुवाडे र साहसी व्यक्तिका अनुभव उस्तै हुनसक्छन् । तर यि दुईबीचमा केही फरक छ । मुकेश आफूलाई साहसी व्यक्ति मान्छन् र हरेक चुनौती समाना गर्न तयार हुन्छन् ।
४. दौडको बीचमा आराम गर्नेहरुलाई सफलता प्राप्त हुदैँन । त्यसैले प्रतिस्पर्धी बजारमा कसैले कसैलाई नपर्खने भएकै कारण सफलताको भोक आफैँमा हुनुपर्ने मुकेशको ठम्याई छ ।
५. मुकेश टिमका हरेक व्यक्तिसँग साथमा हुन्छन् र उनी व्यवसायिक व्यक्तिहरुमा भरोसा राख्छन् ।
६. विजनेशको प्रवद्र्धनका लागि पहिला बजारको माग बुझ्न जरुरी छ । यदी तपाईको उत्पादनभन्दा राम्रो उत्पादन बजारमा छ भने तपाईले आफ्नो क्षमता बढाउनु आवश्यक छ । त्यसपछि मात्रै प्रतिस्पर्धामा उत्रनुपर्छ ।
७. कामको कुरा आएपछि मुकेश आफ्नै अनुभवलाई ठूलो मान्छन् । उनले जीवनमा थुप्रै समस्या व्यहोरेका छन् । यसकारण उनी भन्छन् , आफैलाई विश्वास गर र हरेक परिस्थितीका लागि तयार होउ ।
८. उनी व्यवसायमा मात्रै होइन आफ्नो सौखका लागि पनि पर्याप्त खर्च गर्छन् । मानिसले आफ्नो मनले मागेका कुरा पुरा गर्नुपर्ने उनको भनाई छ । उनी आईपिएल टिम मुम्बईका मालिक हुन् ।
९.उनी प्राय मिडियाबाट टाढै रहन्छन् किनकी उनलाई लाग्छ जब काम देखिन्छ तब कसैले केही बोल्न आवश्यक हुदैँन । रेभिन्यूले आफैँ बताउँछ ।