यति एयरलाइन्सले काठमाडौंदेखि झापाको भद्रपुर वा भद्रपुर देखि काठमाडौंको भाडा २ हजार ५ सय बनाएको छ ।
एयरलाइन्सले एक सूचना जारी गर्दै एति एयरको मोबाइल एप डाउनलोड गरेर प्रोमो कोड “ILOVEYETI” प्रयोग गरेपछि काठमाडौं भद्रपुर वा झापाको भद्रपुरबाट काठमाडौं आउनको लागि रु २ हजार ५ सय रुपैंयामा हवाई टिकट उपलव्ध हुने जानकारी दिएको हो ।
एयरलाइन्सले सिमित सिट भएको र यो अफर फाल्गुन १ गतेसम्म मात्र लागू हुने जनाएको छ ।
मोबाइल एप्समा यस्तै अन्य अफरहरु आउने भएकाले एप्स अपडेट राख्न भनिएको छ ।
यसअगाडी उक्त एयरलाइन्सले पोखरा काठमाडौंको भाडा रु १ हजार ५ सय को अफर सार्वजनिक गरेको थियो भने काठमाडौं विराटनगर वा विराटनगरबाट काठमाडौं आउने भाडा २ हजार कायम गरेको थियो ।