यति एयरलाइन्सले काठमाडौंदेखि बिराटनगर वा विराटनगर देखि काठमाडौंको भाडा २ हजार बनाएको छ ।
एयरलाइन्सले आज एक सूचना जारी गर्दै एति एयरको मोबाइल एप डाउनलोड गरेर प्रोमो कोड “ILOVEYETI” प्रयोग गरेपछि काठमाडौं विराटनगर रु २ हजार रुपैंयामा उड्न पाइने जनाएको हो ।
एयरलाइन्सले सिमित सिट भएको र यो अफर माघ २७ गतेसम्म मात्र लागू हुने जनाएको छ ।
मोबाइल एप्समा यस्तै अन्य अफरहरु आउने भएकाले एप्स अपडेट राख्न भनिएको छ ।
यसअगाडी उक्त एयरलाइन्सले पोखरा काठमाडौंको भाडा रु १ हजार ५ सय को अफर सार्वजनिक गरेको थियो ।