प्राचीन कालदेखि नै कुनै महत्त्वपूर्ण विषयमा निर्णय गर्दा ग्रह राशि तथा नक्षत्र हरूलाई अध्ययन गरी समयको विशेष मुहूर्त निर्धारण गर्नुपर्ने शास्त्रीय नियम रहेको छ ।
छिमेकी देश भारतमा तात्कालिक प्रधानमन्त्री नेहरुको विशेष आग्रहमा ज्योतिषी सूर्यनारायण व्यासले भारतीय स्वतन्त्रता घोषणा गर्नेले तिथि,बार,नक्षत्र,योग र करणका अध्ययन गरी १५ अगस्ट १९४७ राति १२ बजेको समयमा शुभ मुहूर्त निर्धारण गरिएको थियो ।
भारतमा जतिसुकै संकट पर्दा पनि लोकतन्त्र मा आँच नआएको भन्दै उक्त समयको लग्न र मुहुर्तकाे निक्कै प्रशंसा हुने गरेको छ । कुनै पनि काम बिग्रेपछि बनाउन धेरै गाह्रो हुन्छ तर काम नबिग्रियाेस भन्नका लागि ज्योतिष शास्त्रमा धेरै उपायहरू छन् यसको उपयोग थोरैले मात्रै गर्ने गरेका छन् ।
सबै नक्कल भारतबाट सिकेर देश चलाउने हरू शुभ साइतको नक्कल गर्न चुके या भारतीयले तयार पारेको अशुभ तिथि मितिमा संविधान जारी भयो यो बहसकै विषय होला ।
२०७२ साल भाद्र ३० गते बुधवार बेलुका ८ बजेर ५७ मिनेटमा नेपालको संविधान पारित भएको तियो । संविधान पारित भएकाले समय नै संविधानको जन्म समय हो । जसरी मानिसको जन्म समय अनुसार शुभ विचार गरिन्छ त्येसैगरी नेपालको संविधान पनि पारित भएको समयको मुहूर्त अनुसार नै बिचार हुन्छ ।
ज्योतिष शास्त्र अनुसार कस्ताे साइतमा नेपालको संविधान जारी भएको रहेछ भनेर विचार गर्दा भाद्र ३० गते बेलुका ८ बजेर ५७ मिनेटमा काठमाडौँको पूर्व क्षितिजमा मेष लग्नको अंशादि २७|६|२४ उदित भएको तियो। नवमांस पनि यो अन्तिम नवमांस हो जसलाई शास्त्रले अत्यन्तै अशुभ मान्दछ । संविधान जारी भएको समयमा पनि चतुर्थी तिथि उदित तियो । संविधान जारी भएको चतुर्थी तिथिका बारेमा यस्तो भनिएको छ शास्त्रमा –
“तृतीया राेग्यदात्री च हानिदा च चतुर्थीका”
त्यस्तै अर्को श्र्लाेकमा चतुर्थीका बारेमा भनिएको छ – “कर्तव्य तच्चतुथ्यां तु नैव सन्मङ्गलं क्वचित्”
माथि भनिएका श्र्लाेकका अनुसार देशमा यो संविधानले अनिष्ट निम्त्याउने स्पष्ट पारेको छ । पारित संविधानको कुण्डली बिचार गर्दा लग्ने मङ्गल निचो हुनु, दशमे शनि अष्टम भावमा बस्नु, चन्द्रमा पापकान्त पीडित हुनु, देव गुरु बृहस्पति र सूर्य पाप कर्तरी दोषमा भई शनिको पूर्ण दृष्टिमा हुनु नेपालको राशि वृश्चिक बाट चन्द्रमा बार्हाै राशिमा पर्नु लगायतका योगका कारणले शुभ भन्दा अशुभ योगको बाहुल्यता धेरै देखिएको छ ।
यसरी हेर्दा एक मात्र राम्रो योगका रूपमा छैटौँ स्थानमा रहेको राहुका कारण शत्रु नाशका योगका कारण छिमेकी राष्ट्र हरुरेल नचाहँदा नचाहँदै पनि संविधान जारी हुन सक्यो । राहुसङ बसेको उच्च बुधका कारण शत्रुसँग प्रतिस्पर्धा धेरै हुने योग बनेको हो ।
संविधान जारी भएदेखि २०७५ साल जेठ २९ सम्म राहुको अन्तर्दशा चलिरहेको तियो । जेठ ३० पछि धर्मे बृहस्पतिको अन्तर्दशा सुरु हुँदा धार्मिक क्षेत्रलाई शुभ फल प्रदान हुने ज्योतिषी हुरेल विश्लेषण गरेका थिए ।
नेपालको संविधानमा धार्मिक क्षेत्रलाई ओझेलमा पारेता पनि धार्मिक व्यक्तिहरू निराशा हुनु नपर्ने भन्दै विश्लेषण गरिएको तियो । अहिले २०७७ साल कार्तिक २०देखि राहु अन्तर चलिरहेको बृहस्पतिको दशा समाप्त भएको छ र नेपालको साढेसाति दशा पनि कार्तिक २९ देखि सकिएकाले पुनः देशमा धार्मिक क्रियाकलाप सुरुभयाे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कहिदिन अधि पशुपतिनाथ मन्दिर पुगेर विशेष पूजा तथा लक्ष बत्ती पनि बालेका थिए । निश्चित सङ्कल्प लिएर लक्ष्य पूर्ण होस भनेर लक्ष बत्ती बालिन्छ ।
अशुभ समयमा पारित भएको संविधान पनि यति बेला कमजोर भएको छ । यहीँ अनुसार २०७८ साल वैशाख ५ गते भित्र देशमा अर्को नाटकीय परिवर्तन हुने ज्योतिशीले जानकारी गराएका छन् ।