मासु र भात मा बिक्छन् नेपाली
नेताकै ईशारामा टिक्छन् नेपाली
चियापसलमा गफ लगाउँछन् नेपाली
रक्सी अनि पेट्रोलमै बिक्छन् नेपाली
दिनरात नभनी भट्टीमा बस्छन् नेपाली
मासुभातमा सत्ता जोगाईदिन्छन नेपाली
पैसाकै भरमा सडकमा उत्रिन्छन् नेपाली
बन्द-हडतालको नाममा गाडी जलाई दिन्छन् नेपाली
बिरामी बोकेको एम्बुलेन्स लाई रोक्छन् नेपाली
बीच सडकमै नाचगान गरी जुलुस गर्छन् नेपाली
सधै ठूलाबडा नेताको चाकरी गर्छन् नेपाली
सडकमा बन्द-हडताल गरी हिडछन् नेपाली
गरिब निमुखा लाई मार्दै अगि बढ्छन् नेपाली
बिहानै कामगरि खानेका गाडी फोड्छन् नेपाली
मान्छे मारेर गाडी जलाई देश बन्छ भन्छन् नेपाली
काम गरेर खाने वातावरण नै छैन भन्छन् नेपाली