नेपाली आधुनिक गीतसंगीतका साधक धुव्र केसीको बिहीबार निधन भएको छ। भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा साँझ ४:४५ बजे उनले जीवनकै अन्तिम सास फेरे।
केसी लामो समयदेखि पार्किन्सन रोगसँग लडिरहेका थिए। २०/३० को दशकमा नेपाली संगीतमा निकै उत्कृष्ट गीतहरु दिएका केसी नेपालमा नाम चलेका गायक हुन्।
उनले ‘मायालु हजार हुन्छन्’, ‘नरोउ नरोउ साइली’, ‘अरु कालो रेलको धुँवाले’, ‘तिम्रो माया कागजको’, ‘सबैले भन्छन्’, ‘नचिनेको जस्तै तिमीले गर्न सकेको कसरी?’, ‘बगी जाने खोला’ जस्ता सुपरहिट गीतमा स्वर दिएका थिए।
‘मायालु हजार हुन्छन्’ बोलको गीत नयाँपुस्ताको पनि रोजाइमा पर्न सफल गीत हो। गोपाल योन्जनको शब्दमा रहेको यो गीतले धुव्र केसीलाई चर्चाको शिखरमा पुर्याएको थियो।
लामो समयदेखि पर्किन्सन, पक्षघातजस्ता रोगले ग्रस्त उनी ३ दिनअगाडी बेहोस भएका थिए ।
संगितकार गोपाल योञ्जन, नारायण गोपाल, तारा देवीजस्ता व्यक्तित्वसँग सहकार्य गरेका छन्।