हुम्ला- सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोड सेडिङ्ग हुने गरेको छ । हिल्दुम साना जलविद्युत आयोजनाको मुहानमा पानीको श्रोत कम भएको बाहना गर्दै दैनिक ११ घण्टा लोडसेडिङ हुने गरेको हो ।
हिल्दुम साना जलविद्युत आयोजनाले दैनिक ११ घण्टा लोडसेडिङ गरेपछि जिल्लाका कामहरु प्रभावित भएका छन ।
दिनभर लोडसेडिङका कारण काम बन्द गर्नु परेको कार्यालयका कर्मचारी तथा स्थानीयहरुले जानकारी दिए ।
विद्युतको कारण काम रोकिएपछि कामकाजसमेत धरापमा परेको उनीहरुले गुनासो गरे । लोडसेडिङले गर्दा सदरमुकाम सिमकोट, खार्पुनाथ गाउँपालिकामा सञ्चालनमा रहेको तीन दर्जनभन्दा बढी व्यवसायहरु मर्कामा परेका छन् ।