पोखराको पृथ्वीचोक सडकमा ठूलो दुर्घटना हुनबाट टरेको छ । यद्यपी, स्कुटर भने क्षतिग्रस्त छ । पौने २ बजेतिरको समयमा चाइनापुलबाट पृथ्वीचोकतर्फ आइरहेको दुई सवारीको बीचमा स्कुटर र महिला परेका हुन् ।
प्रहरी नायव निरीक्षक पूर्णबहादुर अधिकारीका अनुसार तीनै सवारी एकै दिशाबाट आउने क्रममा दुई ठूला गाडीको बीचमा ग १७ प ५३३६ नम्बरको हिरो ड्यास स्कुटर परेको थियो । दुई ठूला गाडीको बीचमा परेपछि पोखरा खाल्टेमसिना बस्दै आएकी सोनु मानन्धर आत्तिईन् र स्कुटरको ब्रेक लगाइन् ।
त्यसपछि अनियन्त्रित स्कुटर बसतर्फ ढल्यो । पछाडिको टायरले स्कुटर क्षतविक्षत बनायो । भाग्यवश उनी टायरको भागमा परिनन् । ग १ ख ९५७० बसको मात्र टायरले छोएको छ भने अस्थायी नम्बर लुअअम ७०९९ अस्थायी टिप्परको टायरबाट भने जोगिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको सई अधिकारीले जानकारी दिए ।