प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि असन्तुष्ट मन्त्रीहरुले पदबाट राजिनामा दिएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले अपरान्ह साढे ४ बजे सामूहिक राजीनामा दिएका हुन्।
उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन्।
पूर्व माओवादी समूहबाट मन्त्री भएका वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र बिना मगरले राजीनामा दिएका छन्।
यसैगरी माधव नेपाल समूहबाट मन्त्री भएका घनश्याम भुसाल र योगेशकुमार भट्टराईले पनि राजीनामा दिएका छन् ।
गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने राजिनामा दिएनन्।
उनीहरू दुवै पूर्व माओवादी समूहबाट मन्त्री भएका थिए।