काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले कुनै पनि गुटको भेलामा सहभागी नहुने निर्णय सुनाएका छन् ।
पार्टी एकतालाई बचाउने भुमिकामा आफू लागेको प्रष्ट पार्दै उपाध्यक्ष गौतमले गुटभेला बहिष्कारको नीति लिएका हुन् ।
संगठन बिभाग प्रमुखसमेत रहेकाका गौतमले आफ्नो यही मान्यताअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदेश १ को भेला आयोजना गरेको भेलामा सहभागी नजनाएको बताइएको छ । ‘म कुनै पनि गुटको भेलामा जान्न, अहिले अलग अलग भेला गर्ने बेला होइन,’ प्रचण्ड–माधव समुहको गुटभेलामा सहभागी नहुनुको कारण प्रष्ट पार्दै उपाध्यक्ष गौतमले भने । उनले पाँच नेताको बैठकमा भने आफू सहभागी हुँदै आएको र आगामी दिनमा पनि सहभागी हुने जानकारी दिए ।