काठमाडौंको स्वयम्भुबाट गैडाको खागसहित ५ जना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाले दिएको जानकारी अनुसार संरक्षित बन्यजन्तु गैंडाको खागको अवैध रुपमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं महानगरपालिका वडा नम्बर १५ सवयम्भू किमडोलबाट २२ वर्षिय एक युवतीसहित ५ जनालाई पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २३ झोंझेका ४१ वर्षिय रिकेश शाक्य, ३५ वर्षिय सुरेश शाक्य र अनिल श्रेष्ठ साथै नुवाकोट जिल्ला मेघाङ गाउँपालिका वडा नम्बर ६ का २६ वर्षिय रामसिंह तामाङ र सोही स्थानकी २२ वर्षिया मुना तामाङ रहेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार उक्त समूहले गैंडाको खाग बिक्रि वितरण गर्न भनि कोठामा राखिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्यक अनुसन्धानको लागी जिल्ला वन कार्यालय हात्तीसार पठाईएको छ ।
गैंडाको खाग लुकाएर राख्ने मुना र सुरेश श्रीमान–श्रीमती हुन् । तर, अहिले उनीहरुको सम्बन्ध विच्छेद भैसकेको बताइएको छ । यद्यपी, ति दम्पती खाग कारोबारमा भने सँगै फेला परेका छन् ।
सो समूहले नुवाकोटबाट गैंडाको खाग ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ