जीप दुर्घटना हुँदा डोटीमा ३ जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा परी ५ जना घाइते भएका छन् । मृत्युु हुनेमा बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ का कर्मचारी मञ्जु त्रिपाठी रहेका डोटीका एसपी जनक पाण्डेले जानकारी दिए । अन्य मृतक र घाइतेको पहिचान हुन सकेको छैन् ।
दिपायलबाट खत्याडीका लागी हिनेको म १ च ५५० नम्बरको जीप राती करिब १ बजे जिल्लाको बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ चवराचौतारामा दुर्घटनामा परेको हो ।
दुर्घटनाग्रस्त जीप सडकबाट २०० मिटर तल खसेको छ । मृतक र घाइतेको उद्धार गरी शैलेश्वरी अस्पताल लगिएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।