पुरानो झापा सँग जोड्ने सुरुङ्गा झापा रोड अन्तर्गत पर्ने अमरपथ राजमार्गमा ट्रिपरको आतंकले आजित भएपछि स्थानीयहरु मिलेर बाटो रोकेका छन् । दैनिकजसो तीब्र गतिको ट्रिपरले उडाएको धुलो खादै आएका कनकाई नगरपालिका ५ का स्थानीयवाशीले आज झापा गाउँपालिका हिडेका १९ ट्रिपरलाई तुलसीवारी चौकमै रोकिदिएका हुन् ।
कनकाई ५ का कांग्रेसका नेता रमेश दाहालको नेतृत्वमा जम्मा भएको स्थानीयवासीको समुहले झापा गाउँपालिका हिडेका १९ ट्रिपरलाई आज दिनभर तुलसीवारी चौकमा रोकेका हुन । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल झापा गाउँपालिका विभिन्न सडकका ठेकेदार कम्पनीका प्रतिनिधि लगायातले यस क्षेत्रमा दैनिक धुलो नउडानका लागि अमरपथ सडकमा पानी छिट्ने र यसका लागि नगरपालिका र ठेकेदार कम्पनीले समन्वय गर्ने ३ महिनापछि भने बाटोको ४ सय मिटरको दुरीमा पानी छिट्नका लागि बोरिङ्ग गाड्ने सहमति बनेपनि रोकिएका ट्रिपर गाउँलेले छाडेका थिए ।
“अहिले कोरोनाको महामारी छ, अलिकति रुघा खोकी लाग्यो भने पनि कोरोना भनेर डराउनु पर्ने बेलामा धुलो आतंकले हामी दिक्क भएका थियौं, धुलोबाट आजित भएर पटक पटक सम्बन्धित निकायमा खबर गर्दा पनि समाधान नभएपछि हामीले ट्रिपरलाई रोकेका हौं,” स्थानीय समाजसेवी डिल्ली उप्रेतीले केटीएम दैनिकलाई बताए ।