लमजुङ सुन्दर बजारका एक युवकले पोखराकी घर भएकी एक युवतीको कुरा मान्दा आफ्नो घरबार नै सखाप भएको छ ।
पोखरामा बस्दा बस्दै ती युवतीले साउदीमा रहेका विकाश स्वेतीलाई नेपाल बोलाइन् ।
उनी साउदीबाट ती युवतीको कुरा मानेर नेपाल फर्किए । उनले अष्ट्रेलिया जाने भनेर साउदीबाट विकाशलाई स्वदेश झिकाएकी थिइन् ।
विबाह अघि युवकको घरमा जाने आउने गरेर बुबा आमा र भाउजुलाई समेत प्रभाव पार्दै आएकी ति युवतीले विकाशसँगबाट अष्ट्रेलिया जाने नाममा २५ लाख रुपैयाँ लिएर फरार भएकी छिन् ।
अहिले ती युवती कहाँ छिन् केही अत्तोपत्तो छैन । अष्ट्रेलिया जाने सपना बोकेका विकाशको साउदीको कमाई सबै सखाप भएको छ । ४ देखि ५ वर्ष विदेशमा बसेर कमाएको सबै रकम लिएर युवती लापत्ता भएपछि अहिले घरको न घाटको बनेका छन् उनी ।
ती युवकलाई विबाह अघि नै बाबा भनेर बोलाउने, प्रभावमा पार्न विभिन्न गतिबिधि गर्न थालेकी ति युवतीले ४ वर्षदेखि यि युवकसँगबाट अहिलेसम्म २५ लाख बढी नगद लुटेको उनले आरोप लगाएका छन् ।
अहिले युवतीको नाम भने सार्वजनिक गरिएको छैन ।
थप जानकारीको लागि तलको भिडियो हेर्नुहोस्