चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भागी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न नसकेपछि घर न घाटको भएर तीन महिना सडकमा बिताउनुपर्यो । खान पुग्दो घर र अभिभावकको साथ छाडेर बरालिएकी सपनाले थुप्रै रात भोकभोकै बिताइन् ।
आ त्मविश्वासका साथ गलत सङ्गत र दु’व्र्यसनीको दलदलबाट निस्किएपछि १८ वर्षीया सपनाले शुरु गरेको बेवारिसे शव व्यवस्थापन गर्ने कामले उनलाई विश्वकै प्रभावशाली १०० महिला बनाएको छ । बेलायतको ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बिबीसी)ले संसारका १०० जना प्रभावशाली महिलाको सूचीमा राखेपछि सपनालाई ‘सपना’ जस्तै लागेको छ ।
बिबीसीले सन् २०१३ देखि विश्वभरका १०० प्रभावशाली र प्रेरणादायी महिलाको सूची सार्वजनिक गर्दै आएको छ । यस वर्ष सपनासहित फिनल्याडकी प्रधानमन्त्री सान्ना म रिन, कोलम्बियाकी मेयर क्लाउडिया लोपेज, पाकिस्तानी अभिनेत्री माहिरा खान, बेलायती कवि ज्याकी के, वैज्ञानिक सारा गिल्बर्ट, अमेरिकी गायिका किरण गान्धी, चिनियाँ लेखक फाङलगायत १०० जनाको सूची सार्वजनिक गरेको हो ।
सपनाले काठमाडौँमा अलपत्र अवस्थामा भेटिएका बेवारिसे शवको दाहसंस्कार गर्दै आएकी छिन् । बेवारिसे शव अस्पताल लगेर परीक्षण गर्नेदेखि पशुपति आर्यघाटमा लगेर संस्कारअनुसार अन्त्येष्टि गराउने काममा सपना खटिएकी छिन् । उनले हालसम्म करिब ३०० बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छिन् ।