चर्चित रचनाकार र संगीतकार ज्ञानमुनी शाक्यको ‘गुबलें गुबले’ एल्बमबाट गायक मंजिल शाक्यको ‘मुसुमुसु न्हिला: व:म्ह’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
कलाकारहरु अनुज शाक्य र उज्जला शाक्यको मुख्य अभिनय रहेको उक्त म्युजिक भिडियोमा हितेश बज्राचार्य, ईश्वर नेपाली, श्याम बहादुर बिकको साथसाथै अमोघवीर बज्राचार्य र एनी शाक्य अतिथी भुमिकामा छन् ।
यसैगरि उनलाई जेनेन्द्र शाक्य र ज्ञानमुनी शाक्यले साथ दिनु दिएका छन् । यस भिडियोमा कोरियोग्राफरको रुपमा राजिप बज्राचार्य रहनु भएको छ ।
यस म्युजिक भिडियोलाई क्यामेरामा अभिषेक शाक्यले र सम्पादन र सिनेमटोग्राफि बिजन बज्राचार्यले गरेका छन् भने परिकल्पना र निर्देशन बिश्वास बज्राचार्यको रहेको छ ।
भिडियो