आज धेरै पछि तिम्रो याद आयो निर! याद त सधै नै आईरहन्थो, तर आज अलिक धेरै आयो निर! सन्चै त छौ होला नी हई! आजकल के गर्दै छौ तिमी,कहाँ छौ तिमी आजकल!
समय ले मानिस लाई कहाँ वाट कहाँ पुर्याउदो रहिछ हगी निर! ´´के सोचेको को थियौ जिन्दगीमा के भयो आज “यही गित ले मनेझै भयो है निर! सपना त धेरै वुनेको थिए,वुन्न नपाई उडाई लग्यो हुरीले कहिल्यै नभेटिने गरी! याद छ निर कलेज पढ्दा का ति दिनहरु! निर तिमीलाई त याद छैन होला हई,याद भएको थियो भनेत त कम्तीमा एकफेर त फोन गर्न सक्थियो होला नी हगी किन यति धेरै निष्ठुररी बनेको निर !
संगै बाच्ने,संगै मर्न वाचा खाएका हामी, कहाँ भुल हुन पुग्यौ हामीमा ! पहिला त भन्ने गर्दथियौं तिमी विना त मेरो जिन्दगी अपुरो छ,मलाई कहिल्यै छोडी नजाउ है आज ति वाचा कहाँ गए तिम्रा ! के ती वाचाहरु भन्नका लाई मात्र थिए त,किन यसो गर्यो निर, आखिर झुठा नै बोल्नु थियो भने पहिला नै किन भनिनौ निर!
मैले त तिमीलाई चोखो माया गरेको थिए! जिन्दगी संगै विताऊने तर के भयो आज कहिल्यै नसोचेको ! ति दिन तिमीलाई थाहा छ ! कलेजको पहिलो दिन, गोदावरी जादाँको त्यो पल सम्भना अझै ताजा छन् मेरो मानसपटलमा निर!
तिमीलाई त याद होला या नहोला मलाई थाहा भएन ! ति पलहरु कति मिठा थिए मेरा लागी तिमीलाई त सायद नहोला पनि ! जिन्दगी सोचेको जस्तो कस्को पो हुन सक्छ र ! तैपनी एक किसिमको आशा भने सवैमा हुन्छ नी होईनर निर !
जिवन जिउनको लागी आराम, मोजमस्ती,र सम्पती मात्र त थिए न नी निर तर तिमीले त त्यही सुख यल लाई चुन्यौ हगी! ठिकै होला तिमीले सम्पतीलाई ठुलो मान्यौ त्यो तिमीलाई बढी आवश्यक थियो होला ! अव त जिन्दगीले धेरै कोल्टे फेरी सक्यो अव त बाकीँ त्यही सम्झना मात्र त होनी !
निर सम्झना छ तिमलाई हामी शिवपुरी हाईकिङ जाँदाको त्यो पल,तिमी बाटोमा हिड्दा लडेको,अनी तिमी डाको छोडी रोहेको अनी अनिसले तिमीलाई गाडी सम्म वोकेर लगेको, यस्ता सम्झना त धेरै थिए अव त्यही सम्झना मात्र त रह्यो नी ! जिन्दगी यस्तै रहिछ कहिले मिलन कहिले त विछोड !
निर आजकल तिमी कहाँ छौ,अव त तिम्रो नानु पनि तिमी संगै खेल्ने भई सकिन् होलिन् है, पति जि को व्यापार राम्रै त चल्दै होलानी, कहिले कुन देश कहिले कुन देश हुने तिमी आजकल कुन देशको कुन कुनामा छौ ! रमाईलो गर्न र घुम्ने त पहिल्यै देखिको सोखिन हौ तिमी, त्यही त पुरा गर्नलाई छौडौ मलाई, सायद यति धेरै इच्छा त पुरा गर्न सक्थिन होला तर कोशिस भने गर्थे होला मैले पनि !
मलाई लग्थयो जिन्दगी सुख दु:ख को मिलन हो, त्यसमा तिमीले साथ दिन्छौ जस्तो लागेको थियो तर सव उल्टो भईदियो ! ठिकै छ जिन्दगी सोचेको जस्तो कस्को पो हुन्छ र अब त्यसरी चित् बुझाउनु बाहेक अरु के नै होला र ! अव यसैमा चित् वुझाउछु!
निर तिमीले चालेका प्रत्येक कदमहरु सफल होस् तिम्रा सवै इच्छा,आकांक्षा हरु पुरा होस उही तिम्रो !
उही तिम्रो …………………….!!
सन्तोष लम्साल
गोरखा