काठमाडौं । पत्रकार ऋषि धमलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण देखिएको हो ।
कन्ट्याक ट्रेसिङमा परेकाले चेक गर्दा आफूलाई कोरोना पोजेटिभ देखिएको उनले केटीएम दैनिकलाई जानकारी दिए ।
अहिले आफू घरमै आइसोलेसनमा बसिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।