हुन त पछाडि भिर्ने झोला र हातमा झुन्डाउने झोलामा निकै फरक हुन्छ । फेरि झोला त झोला नै हो भन्नू होला त्यसो पनि त होइन । तपाई पनि त मान्छे हो तर,यदि तपाईंले अरू समक्ष पशु को जस्तो व्यवहार दर्साउनु भयो भने अरूले तपाईंलाई कस्तो पशु जस्तो रहेछ भन्छन् नि हो,उदाहरण नै सम्झनुस् । यहाँ त कति विद्वानहरू छन् सबै ले जीवनलाई आ-आफ्नै तरिकाबाट संश्लेषण-विश्लेषण-वर्णन- व्याख्या-भाव-द्वेष-अनुराग-अनुयाय-विनय लगायत आदिइत्यादी तरिकाबाट दृष्टिकोणात्मक ढङ्गले बताउने गरेको पाहिन्छ । तर, जीवनको ठेट अन्तिम निष्कर्ष चाहिँ के हो त ?
अझै यसमाथि मानव जीवनको पनि त आ-आफ्नै तरिकाबाट विश्लेषण गरिएको सुनिन्छ। बस, बुझ्नु,नबुझ्नु तपाई आफ्नैै कमि कम्जोरी हो जस्तो लाग्छ। फेरि,कहाँ सबैसँग सबै कुराको ज्ञान पनि त कहाँ अटाउँँ छ र। भन्छन् नि मानिस सँग जति सोच्नसक्ने क्षमता छ त्यो भन्दा बढी सोच्न सक्दैन ।
हरेक कुराले आफ्नो समय परिस्थिति र जहाँ आवश्यक छ त्यहाँ झट्ट उपस्थित भयो भने पो यो मेरो सहि विश्लेषण रहेछ, मैले यसलाई सहि ठाउँमा, सहि समयमा आफ्नो ज्ञान अरू समक्ष बाड्न सके अनि पो आउँछ त मजा जब, आफू भित्र भएको ज्ञान अरू समक्ष पोख्दा पनि छछल्किए जथाभावी न पोख्खियोस् । जहाँ पुग्नु पर्ने जस्को मन मस्तिष्कमा दिमागमा वास गर्नुपर्ने त्यहाँ ठाउँ र त्यही बासस्थान ओगट्दाको खुःसी कहाँ लगेर कस्लाई बढ्ने अझ भनै कस्को माझमा यी सबै आफ्नो मनमा कुन्ठित भएर उकुसमुकुस भएका ती खुःसीका भावहरू कहाँ लगेर कस्लाई सुनाएर आत्मसन्तुष्टि लिने अनि बस, जीवनमा त्यति सानो कुरामा नै रमाए र त कहाँ जीवनको त्यतिलामो समुद्र वारपार गर्न सकिन्छ र त्यहाँ अढिक रहेर आफ्नोे प्रभुत्व जमाइरहन त आफ्नो बुद्धि विवेक लगनशीलता सँगै आवश्यक कुराहरूले भरिपूर्ण हुँदै जानू पर्यो नि होइन र ।
ठिकै छ मान्नु नै हुन्छ भने त्यसलाई सफलता नै मान्नुस् । तर, जीवनमा त्यस्तो सानो सफलताका खुट्किलाहरू त लाखौं पार गर्ने बाकी छ बस, त्यो कुरालाई पनि न भुल्नु होला है ।
जीवनको यात्रा जीवनमरणसम्म मात्र पनि त होइन यो यात्रा तपाईंले कसरी ब्यतित गर्नुभयो यो यात्रामा कस्ताकस्ता बाधा व्यवधान संघर्षहरू पार गर्नुभयो दुःखको कसरी ह्यान्डिल गर्नु भयो र सुःखको पनि। भनिन्छ नि -“दुःखमा आत्तिने र सु:खमा मात्तिने हरूको जीवन व्यर्थ छ” ।
जीवनमा सानो एक पाहिला चाल्नपनि हजारौं पटक दिमाग खियाउनुु पर्छ,सोच्नुपर्छ । यहाँ त सिधा बाटोमा सबै दौडिनेे अनि जब सानो उकालो अझभनौं खुट्किलो पार गर्नु पर्दा सबै थाक्ने खुई.. खुई.। अनि यसलाई कसरी विश्लेषण गर्नि त उसलाई सफल ब्यक्तिको ताज पहिराउने कि असफल व्यक्तिको ।
सुनिन्छ नि -“जीवन एक संघर्ष हो”।साच्चै यहाँ त यत्ति कुरा सोच्ने फुर्सद पनि त कसैमा छैन । अनि यहाँ गफ सुन्नु पर्छ जीवनको पुर्वाध काटेर मरण भै सकेर स्वर्ग पुगेर चौरासी जुनी पार गरेर फेरि पनि सम्पन्न परिवारमा जन्म लिएर चालीस वर्ष कटिर लगभग आधा जीवन व्यतित गरिसकेको जीवनको महत्त्वपूर्ण पाठ पठिसकेको जस्तो अब भन्नुस् तपाईं उसलाई कुन कुराबाट अभिप्रेरित गर्न चहानु हुन्छ।
उसको भोलिको बाटो कुन दिशातर्फ मोडिदाँ उसले आफ्नो संघर्षको सहि मुल्यांकन गर्न सक्छुु जस्तो लाग्छ भने अझै भनै तपाईं उसलाई जीवनको कुनपाटोमा गएर ठेेेस नखानु बाबू भनेर उसलाई हौसला प्रेरणा र कुन स्तरको जिम्मेवारी सुम्पनु हुन्छ ।
अनि तपाईंलाई उसमाथि कुन स्तरको विश्वास आँट भरोसा छ नी त्यो पनि बताउनु होला फेरि,भरे सबै आगोमा मट्टीतेल थपे सरह होला कित पानी खनायसरह बेलैमा सोच्नुस् है ! फेरि पछि पछुत्ताउनु पर्लानी त्यतिमात्र किन तपाईंलाई म माथि कति भरोसा विश्वास अठोट र म कति प्रतिज्ञाबद्ध प्रतिज्ञावान छु यो त महिले तपाईंलाई बताइरहनु नै परेन नी है।
फेरि म त घमण्डी पाखन्डी भैहाले नि है।भोलि देखि हजुरले जसरी मेरो विश्वास गर्नु अरू मैले कहाँ खोज्न जाऊ फेरि हजुरजस्तो इमान्दार मिहिनेती परिश्रमी पनि त यहाँ पाउन गार्हो छ । त्यसैले मलाई तपाईंकै नजिक बस्न मन छ यसो जीवन धान्ननि परिहाल्यो सानोतिनो ढुकुटी भर्ने जोरजाम गरिदिनुस् न।
यस्तैयस्ता कुराको बेलि विस्तार र विश्लेषण त म यहाँ समक्ष सधैं पेश गर्नेेछु। तर, तलव र रजाइँ अल्लि कम भो मलाई । किन हो फेरि मलाई झट्ट रिस उठेपछि उठ्यो उठ्यो नि रोक्किने त चान्स नै छैन फेरि रिसको झोकमा के के बोल्छु फेरि पत्रकारले टिप्लान नि ख्याल गर्नु । कुनै समय मिलाएर मेरो बारेमा पनि सोच्नुहोला है ।
देख्नु भयो नि -“कुरो र कुलो जता लगेपनि मोडिन्छ” होइन त फेरि खोलालाई नै गटटट… बाथरूपबाट बगाउने र पौडी खेल्ने सपनीमा चाहि नहराउनु होला है मेरो विनम्र अनुरोध छ हजुरमा।यता आइस्वस् उतागहिसोस् । सायद यी बयान र कुरा सुन्दा तपाईंलाई लागि सक्यो होला है यहाँ प्रस्तुत कुराकानी क-कस्को होलान लाग्नु पनि त ठिक हो जहाँ यथार्थ हुन्छ त्यहाँ कुनै ठुलो परिवर्तन आउँन कुनै ठूलो धक्का नै चाहिन्छ फेरि भुकम्पको होइन नि के लेख्छ यो भन्नू होला पख्नुस् न बेला हुदैँ छ ।
हुन त जति कुरा गरे पनि त उहीँ हो । तर, पनि रात दिन मन्त्रीको सामुन्ने रहिरहने खै? के केे भन्दै थियो सल्लाहकार अरे।उसको कुरा मन्त्रीले कति सुनेसुनेनन् । पूरा झ्याप भए र निन्द्राले लष्ठ थिए मन्त्री उसको काम के थियो र । त्यहीँ हो कहिले कुन कार्यकताको चयन कहिले कुन मन्त्रालय चयन पाचँँ वर्षमा पाँच सय ओटा कान्डै कान्ड अनि पाचँहजार भन्दा बढि कम्पनीसँग समजारीपत्रमा गरिएको हस्ताक्षर अनि अब त के कुरा गर्नु पाँचवर्षमा पाचँकरोड भन्दा बढिको सम्पत्ति जुन घरमा बस्न मन लाग्यो त्यै जुन गाडी चढ्न मन लाग्यो त्यै जिन्दगी नै उथलपुथल पहिला कहाँ र अहिले कहाँ हुन ! हुन त अहिले पनि जमिनमा नै हो तर, पद,प्रतिष्ठा,धन सम्पत्ति राग द्वेष लोभ घमण्ड अनि अल्लि थप्पिएको अहम्ता अरू त के चाहियो र । पहिला कहाँ नचिनेेेेका हुन र मलाई ।
पहिला मन्त्री हुनु अघि सांसद हुदाँँ केे कुन कुरा उठाउ तब मलाई सबैले विश्वास गरून।के कुरा गरौं के बोलौं संसदमा गएर भनी हरेक कुराको सल्लाह गर्थे। अनि भन्थे म मन्त्री भए भने मेरो सल्लाहकार पक्कै पनि तपाईं। यसमा कुनै द्विविधा छैन।जब आवश्यकता पर्यो कि आउँन घरमै गाडी पठाउथे आफ्नै पुलिस सहितको ।
जसोतसो जालझेल गरेर बुढाले गफ ठोकेर चुनाव जितेका थिए द्विचार जना के प्रशंसक भेटेका थिए र त राष्ट्रिय सभाको चुनाव पनि जितेर बुढाको नाम पनि मन्त्री पदको लागि राष्ट्रपति कहाँ पुग्यो रेे। भोलि बुढालाई राष्ट्रपतीले मन्त्रालय सुम्पिने रे । फेरि भोलि नै राष्टपतिले सपत ग्रहण गराउने रे भन्ने सुनेर बुढालाई बदाई दिन फोन गरेको त कहाँ फोन नै उठाउछन् र कहाँ नमस्कार नै फर्काउछन्। हो रहेछ -“मान्छेलाई पद प्रतिष्ठा र सम्पत्तिले कहाँ पर्याउँदो रहेछ कहाँ”