काठमाडौं उपत्यकामा थप १ हजार ६ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आइतबार जानकारी दिए।
त्यसमध्ये काठमाडौंका १ हजार ४ सय ६९ जना, भक्तपुरका ९९ जना र ललितपुरका १ सय ३० जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै देशभर १२ जना संक्रमितले ज्यान गुमाएका छन्।