नेपाली सिनेमा ‘सेल्फी किङ’ युट्युबमा रिलिज भएको छ। विपिन कार्की नायक रहेको चलचित्र युट्युबमा आएको हो।
सिनेमामा विपिनसँगै लक्ष्मी वर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सबिन बास्तोलालगायतका कलाकारको अभिनय छ।
एक हास्यकलाकारको तीन दिने महोत्सव यात्राको कथा भन्ने सिनेमाका निर्देशक विशाल सापकोटा हुन्।
निर्देशक सापकोटाकै कथामा सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन र निर्मलकुमार थापाको कोरियोग्राफी छ। दिनेश राउत र सुभाष थापा मिलेर ‘सेल्फी किङ’ निर्माण गरेका हुन्।
हेर्नुहोस फिल्म