काठमाडौं । कोभिड–१९ का कारण बन्द भएको सात महिनापछि आज ९सोमबार० बाट देशभरका विमानस्थलमा आन्तरिक उडान शुरु भएको छ । सरकारले ११ चैतदेखि बन्द गरेको आन्तरिक उडान ५ असोजबाट खुलाउने निर्णय गरेको थियो ।
शुरुमा सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजनले पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार सुरुका दिनमा ३६ देखि ४० उडान हुनेछ ।
स्वास्थ्य मापदण्ड पूरा गर्नका लागि विमानस्थलभित्रको प्रक्रिया भने कम्तीमा एक घण्टा लम्बिएको छ । अब विगतमा एक घण्टाअगाडि विमानस्थल जानुपर्ने यात्रु दुई घण्टाअगाडि जानुपर्ने व्यवस्था गरिएको छ । नेपाल वायुसेवा निगमले सातामा १० आन्तरिक उडान गर्ने भएको छ ।
बुद्ध एयरले सोमबारबाट हवाई यात्रामा लागू हुने नियमलाई ‘पास मोडल’का रूपमा व्याख्या गरेको छ । पास ९पिएएसएस० अर्थात् प्यासेन्जर, एयरपोर्ट, एयरक्राफ्ट र स्टाफ भनेको छ । प्रोटोकलमा सबै यात्रुले मास्क लगाई हात स्यानिटाइज गर्नुपर्ने व्यवस्था छ ।
विमानस्थलभित्र कम्तीमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । इ–टिकेटबाट मात्रै चेकइन हुनेछ । सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग समन्वय गरेर बाह्य उडानतर्फका यात्रु ४ घण्टाअघि र आन्तरिक उडानतर्फका यात्रु दुई घण्टाअघि नै विमानस्थल पुगिसक्नुपर्ने नियम बनाएको थियो । तर सबै यात्रुलाई दुई घण्टाअघि नै विमानस्थल बोलाउनु अव्यवहारिक हुने भन्दै अहिले यात्रुलाई कति समयअघि विमानस्थल पुग्ने भनेर विमान कम्पनीले नै जानकारी दिनुपर्ने जनाएको छ ।
‘हाम्रो उदेश्य भीडभाड नहोस् भन्ने हो, उदाहरणको लागि बिहान ८ बजेअघि अरु उडान छैनन् भने यात्रुलाई किन दुई घन्टा अघि बोलाउने रु यात्रुको चाप नहुँदा ४० मिनेटअघि नै बोलाउँदा हुन्छ ।
त्यसैले यात्रुको चाप र उडान हेरेर टिकट लिएकाहरुलाई एअरलाइन्सले नै जानकारी दिनुपर्छ भनेका छौँ’ त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले भन्नुभयो । प्रवक्ता कर्णका अनुसार अब कति बजे विमानस्थल पुग्ने भन्ने जानकारी हवाइ कम्पनीले नै दिनेछन् ।
यसरी पालना हुन्छ सुरक्षा मापदण्ड
आन्तरिक उडान गर्ने बिमान कम्पनीहरुको संस्था वायुसेवा सञ्चालक संघले सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गरेर उडान शुरु गरेको जनाएका छन् । संघका प्रवक्ता योगराज कँडेलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओ, स्वास्थ्य मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण लगायतका निकायबाट जारी भएका सबै मापदण्ड पालना गरेर उडान शुरु गरेको बताएका छन् ।
‘हाम्रो तर्फबाट पूरै तयारी भएको छ, स्वास्थ्य सुरक्षामा कुनै पनि प्रकारको कमी हुन दिएका छैनौं, तर यसमा यात्रुले पनि सहयोग गरिदिनुपर्छ, यात्रु स्वयंले पनि सरकारले तोकेका मापदण्डको पूर्ण पालना गरिदिएमा हामीलाई सहज हुन्छ’ कँडेलले भने ।
श्री एअरलाइन्सका प्रबन्धक अनिल मानन्धरले पनि सरकारले भनेका सबै मापदण्ड पूरा गरेको बताए । ‘हामी त पूर्ण रुपमा तयार छौँ, प्राधिकरणले भनेका सबै मापदण्ड पूरा गरेका छौँ, तर हामीले गरेर मात्रै हुँदैन, आफूलाई शङ्का लागेका व्यक्ति जहाजमा गइदिन भएन, स्वःघोषणा गरिदिनुपर्छ, कोरोनाबाट आफू पनि बच्ने र अरुलाई पनि बचाउने भावना सबैमा हुनुपर्यो’ उनले भने ।