कोरोना भाइरस संक्रमणका कारण ललितपुरमा थप ४ जनाको मृत्यु भएको छ ।
ललितपुरको पाटन अस्पताल र मेघा अस्पतालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
ललितपुर स्वास्थ्य कार्यालयका अनुसार पाटन अस्पतालमा ३ र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।
पाटन अस्पतालमा ललितपुरका २ जना र १ जना सर्लाहीका संक्रमितको मृत्यु भएको हो भने मेघा अस्पतालमा भक्तपुरका एक संक्रमितको मृत्यु भएको हो।
पाटन अस्पतालमा सर्लाहीका ६० वर्षीय पुरुष, ललितपुरका ६८ र ७६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।