नेपाली कांग्रेस कास्कीका नेता भोेजबहादुर गुरुङ्ग “सिकन्दर”को निधन भएको छ । पोखराको जीएमसी अस्पतालमा आज दिउँसो नेता “सिकन्दर”को निधन भएको हो ।
वीपी कोइरालाको पालादेखि शेरबहादुर देउवासम्मको राजनीतिक यात्रामा सारथी रहेका सिकन्दर राजनैतिक बृत्तमा निःस्वार्थ नेताको रुपमा परिचित पनि छन । राजनीति गरेर लाभ लिने परिपाटी बढिरहेको सन्र्दभमा उनको निःस्वार्थ छविले धेरैलाई प्रेरणा मिलेको उनका समकक्षीहरु बताउँछन् ।
शेर बहादुर देउबाको निकट मानिएका सिकन्दरले कास्कीको क्षेत्र नं ३ बाट प्रदेशसभा सदस्यको टिकट पाएका उनी पैसा खर्च नगरी चुनाव लड्ने नेताको रुपमा चिनिन्छन् ।
खर्च गरेर चुनाव लड्नेले जनताको सेवामा भन्दा खर्चेको पैसा उठाउनतर्फ ध्यान केन्द्रित हुने भन्दै उनी चुनावी मैदानमा चिउरा मकै खाएर चुनाव लडेका नेता मध्येका एक हुन् ।