राष्ट्रिय बाल दिवसको २०७७ को अवसर पारेर भर्चुअल रुपमा प्रदेश स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बाल सहभागितामा काम गर्ने संस्थाहरुको साझा समुह (कन्सोर्टियम नेपाल) लगायत विभिन्न बालबालिका सङ समन्धित संघ संस्थाहरुको समन्वयमा सात वटै प्रदेशमा प्रतियोगीताको आयोजना गरिएको हो ।
प्रादेशिक वक्तृत्वकला प्रतियोगिताबाट छनोट भएका २१ जना बालबालिका भाद्र २५ गते हुने राष्ट्रिय स्तरको कार्यक्रममा सहभागि हुनेछन ।
सो राष्ट्रिय स्तरको कार्यक्रमबाट प्रथम, द्वितिया र तृतिया हुनेहरुलाइ भाद्र २९ गते महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्बारा आयोजना हुने कार्यक्रममा पुरष्कृत गरिने कार्यक्रम रहेको छ।
‘कोभिड–१९’ महामारीले बालबालिकाको शिक्षा र स्वास्थ्यमा पारेको प्रभाव र न्यूनिकरणका उपायहरु विषयक उक्त प्रतियोगीतामा ६४ वटा जिल्लाका १८० बालबालिकाले सहभागिता जनाएका थिए ।