आज काठमाडौं उपत्यकामा थप ३ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२६ जनामा कोरोना पुष्टि भएको हो ।
आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा २ सय ९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना कोरोना संक्रमित देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
त्यस्तै वितेको २४ घन्टामा नेपालमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घन्टामा देशभर रहेका प्रयोगशालामा ९ हजार २ सय १८ जनाको नमूना परिक्षण गर्दा ९ सय ७९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।
त्यस्तै वितेको २४ घन्टामा थप ११ जनाको निधन भएसँगै ज्यान गुमाउनेको संख्या ३ सय पुगेको छ ।