काठमाडौं-१० बुद्धनगरस्थित एक सैलुनका सञ्चालक मृत अवस्थामा फेला परेका छन्।
न्यू मनोकामना हेयर ड्रेसरका सञ्चालक ३७ वर्षीय अशोक ठाकुर सैलुनभित्रै मृत अवस्थामा फेला परेका हुन्।
सोमबार बिहान ९:१५ मा उनको शव भेटिएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ।
उनको शैलुनको आधा सटर खुलेको थियो। उनको कुनै कारण आकस्मिक मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।
‘शरीरमा कुनै चोटपटक पनि छैन, आ त्मह त्या पनि हैन, कुनै कारणले मृत्यु भएको हुनसक्छ,’ वृत्तका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले भने।
उनको श व पो स्टमार्ट मका लागि भक्तपुर अस्पताल दुवाकोट लगिएको छ।