काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ८ सय ८५५ जनामा कोराेना भाइरस देखिएको बताए ।
याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३४ हजार ४ सय १८ जना पुगेकाे छ ।
हाल क्वारेन्टिनमा ९ हजार ८ सय ३२ जना रहेका छन् भने आजसम्म ६ लाख ३५ हजार २ सय ५२ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।