गायक दुर्गेश थापा ‘जनता जान्न चाहन्छ’ कार्यक्रममा भएको घटनालाई केन्द्रमा राखेर नयाँ गीत सार्वजनिक गरेका छन्।
‘आलु जस्तो गायक’ बोलको यो गीतमा दुर्गेशले आफू गायक कसरी र कुन परिस्थितिमा भएको कथा समेटेका छन्।
गीतको शब्दले भन्छ, ‘हो हो माले भन्ने मान्छे गायक भो बबाल, नगर सवाल..’ गीतमा बसन्त थापाले शब्द र संगीत दिएका छन्।
भिडियोमा शिव बिकको निर्दर्शन तथा कोरियोग्राफी छ। अर्जुन तिवारी र टोलीको सिनेमाटोग्राफीमा तयार भएको ‘आलु जस्तो गायक’ मा दुर्गेश सहित भिडिओमा पल शाह, पुष्प खड्का र सरिता केसीको पनि नृत्य छ।
गीत बिहीबार युट्युब च्यानल ‘इनाक्सी इन्टरटेनमेन्ट’मार्फत सार्वजनिक भएको हो। दुर्गेशले यसै वर्ष ‘बीच्च बीच्चमा २’, ‘बरि लै’ जस्ता ‘हिट’ गीत सार्वजनिक गरेका छन्।