संखुवासभा केन्द्रविन्दु भएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार संखुवासभाको थुडाम केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
भूकम्प शनिबार दिउँसो ४ बजेर ७ मिनेटमा गएको केन्द्रले जनाएको छ।
यसअगाडी साउन २१ गते दिँउसो साढे ४ बजे ललितपुरको बंगलामुखि केन्द्रबिन्दु बनाएर ३ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
An earthquake of ML 4.2 occurred around Thudam of Sankhuwashabha district at 16:07.@NEOCOfficial
— NSC, Nepal (@NepalNsc) August 15, 2020