काठमाडौं । डोटीको आदर्श गाउँपालिमा एक घर भत्किँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ । लोकेन वारको कच्ची घर भत्किँदा उनकी श्रीमतीसहित एक छोरा र दुई छोरीको मृत्यु भएको सुदूरपश्चिम प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।
गएराति १ बजे सुतिरहेका बेला घर भत्किँदा उक्त हताहती भएको हो । पाँच जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका सदरमुकाम पठाइएको सुवेदीले बताए ।