काठमाडौँ । बलिउडका चर्चित अभिनेता अभिषेक बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गत असार २७ गते अभिनेता तथा पिता अमिताभसँग अस्पतालमा भर्ना भएका अभिषेकको करिब १ महिनामा रिपोर्ट नेगेटिभ आएको हो ।
आफुनो कोरोना रिपोर्ट नेगेटिभ आएको बारे अभिषेकले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । उनले आफ्नो कोरोना रिपोर्ट नेगोटिभ आएको र अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भएको बताउका छन् ।