
गौर, साउन २२ गते । समुदायमा कोरोना संक्रमण देखा पर्न थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले साउन २४ गतेदेखि ३२ गते सम्मकालागि जिल्ला भरि निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाईरस जिल्लाको विभिन्न नपाको समुदायमा देखा पर्न थालेको तथा बजार क्षेत्रमा भिडभाड बढन थालेको हुदॉ कोरोना भाईरस संक्रमण फैलिन नदिन तथा संक्रमण रोकथामका लागि रौतहट जिल्लाभरि निषेधाज्ञा लगाउने निर्णय गरिएको हो ।
अत्यावशयक काम बाहेक कुनै पनि व्यक्ति घर बाहिर निष्कन पूर्ण रुपले प्रतिबन्ध, स्वास्थ्य, विद्युत, सञ्चार, खानेपानी, फोहारेमैला, व्यवस्थापन, ग्यास ढुवानी, औषधी ,खाधान्न सामाग्री लगायत आपुर्ति बाहेक अन्य सेवाहरु निषेध गरिएको जिल्ला प्रसाशन कार्यालय रौतहटका नायब सुब्बा रामनरेश साहले बताए ।
समुुदायमा कोभिड १९ को संक्रमणदेखा परेपछि संक्मण रोकथाम तथा नियन्त्रणकालागि स्थानिय प्रसाशन ऐन २०२८को दफा ६को उपदफा ३ तथा रोग संक्रमण ऐन २०२० को दफा २ बमोजिम साउन २४गते देखि ३२गते सम्म जिल्लाभरि निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।