
सरकारले यातायातका साधन सञ्चालनमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।
कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले फेरि जोरबिजोर प्रणाली जागू गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालय प्रवक्ता सहसचिव चक्रबहादुर बुढा अनुसार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । सो निर्णय बिहीबारदेखि लागू हुनेछ ।
गृह मन्त्रालयका प्रवक्ता सह सचितव चक्र बहादुर बुढाले जारी गरेको सूचनामा भनिएको छ ।
काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेक अन्य सबै यात्रुबाक सवारी साधनहरुलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमनमा निषेध गरिएको व्यवस्थालाई कडाइका साथ लागू गर्ने । काठमाडौं उपत्यका र कोभिड १९ को २०० भन्दा बढी संक्रमण भएका जिल्लामा अत्यावश्यक सेवा वाहेकका सार्वजनिक तथा नीजि सवारी साधनहरुलाई भोली मिति २०७७।०४।२२ गतेदेखि लागूहुने गरी जोरी बिजोर नम्बार आधारमा मात्र सञ्चालन गर्ने व्यवस्था गर्ने ।
यस वर्गमा पर्ने जिल्लाका शहरी इलाका जिल्ला भित्र समेत बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने ।
सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।
तर कोरोना संक्रमणको जोखिम बढेसँगै विज्ञहरुले जोर विजोर लागू गर्न सुझाएका थिए । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा पनि विज्ञहरुले पूर्ण लकडाउन गर्नुको साटो स्वास्थ्य मापदण्डमा कडाई गर्न र जोरविजोर लगाउन सुझाएका थिए ।